प्रथम पत्रकार स्व.गुप्ताको सम्झना

नेपालगञ्ज । बाँकेका प्रथम पत्रकार स्व.महाविर प्रसाद गुप्ताको ९५ औ जन्मजयन्ती मनाइएको छ । शनिबार फोटोमा माल्याअर्पण गर्दै उहाँप्रति श्रदाञ्जली अर्पण गरिएको छ । स्व.गप्ता हिन्दी साहित्य पुरस्कार समिति र किरण साप्ताहिकद्धारा आयोजित कार्यक्रममा हिन्दी साहित्यमा योगदान पु¥याएबापत कवियत्री कृष्णादेवी पाण्डेलाई सम्मान गरिएको छ । विं.सं.१९८४ साउन ९ गते जन्मिनु भएका गुप्ताको २०४३ असोज २९ गते निधन भएको थियो ।

वहुआयामिक व्यक्तित्व गुप्ताले नेपालगञ्जमा २००८ सालदेखि पत्रकारिता गर्दै साहित्य, राजनीति र समाजसेवामा योगदान पु¥याउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी एवं नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले बाँकेका प्रथम पत्रकारका रुपमा संस्थागत सम्वोधन हुनुपर्ने भन्दै उहाँको पत्रकारिताप्रतिको योगदान बारेको थप अध्ययनसँगै विभिन्न आयाम सार्वजनिक हुनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

पत्रकार चौलागाईले सामाजिक योगदान पु¥याएका विशिष्ट व्यक्तिको व्यक्तित्व, कृतित्वलाई जीवन्त राख्न अध्यता, लेखक, पत्रकार र स्रष्टालाई आह्वान गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव एवं साहित्यकार सनत रेग्मीले स्व गुप्ता बहुआयामिक र वौद्धिक व्यक्तित्व भएको भन्दै उहाँको विषयमा पस्तक प्रकाशन लगायतका कार्य गर्न सुझाव दिनुभयो । अवधीभाषी साहित्यकार सच्चिदानन्द चौवेले गुप्ताका फरक पाटोबारे प्रकाश पार्नुभएको थियो ।

स्व. गप्ता पुरस्कार समितिका अध्यक्ष विजय कुमार गुप्ताले उहाँको व्यक्तित्व र योगदानलाई चिर स्मरण हुने गरि रचनात्मक कार्य गर्न जमर्को गरिएको बताउनुभयो । सो समारोहमा साहित्यकार विष्णु कुम्हाल, अवधी पत्रकार संघ बाँके अध्यक्ष चन्दे्रश्वरराज त्रिपाठी, भेरी एफएमका स्टेशन म्यानेजर मोहम्मद आरिफ अन्सरी, जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य अव्दुल करिम शेष, जसपा बाँके अधयक्ष लक्ष्मीनारण वर्मा लगायतले उहाँलाई स्मरण गर्नुभयो ।

Previous articleगुरुपूर्णिमामा गुरुलाई सम्मान
Next articleमानव बेचबिखन तथा ओसार पसार विरुद्ध अभिमुखिकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here