अञ्जली बचाउ अभियान : जुटेको रकम हस्तान्तरण

नेपालगञ्ज । अञ्जली बचाऊ अभियानमा मंगलबार सिवानी चन्द र समाजिक अभियानता प्रकाश कुँवरले सहयोग रकम हस्तान्तरण गर्नुभएको छ ।

अञ्जलीलाई सहयोगका लागि संचालन गरिएको अभियानबाट जुटेको ३५००० (पैंतिस हजार) मंगलबार अञ्जलीको आमा साविता बस्याललाई हस्तान्तरण गरिएको हो ।

नेपालगन्जको वडा नं ४ गणेशपुरमा डेरा गरी बस्ने र न्यू रोडमा सानो ठेलामा मःमः बेच्दै आफ्नो जीविकोपार्जन गर्दै आउनु भएका लक्ष्मण बस्यालकी १७ वर्षीय छोरी अञ्जलीको किड्नीमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

केही दिनदेखि नेपालगञ्जको भेरी हस्पिटलमा उपचार भइरहेको भएपनि अस्पतालका डाक्टरले प्राविधिक कारणले त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गरेको थियो ।

मेडिकल कलेजमा उपचार गर्दा खर्च बढि लाग्ने तर आर्थिक अवस्था कमजोर भएकाले उनलाई बचाउन सहयोग अभियान शुरु गरिएको अभियान्ता कुँवरले बताउनुभयो ।

सो अभियानमा सहयोग पुर्याउन ड्रिम्स डान्स स्टुडियोले रोड सो डोनेसन कार्यक्रम समेत आयोजना आयोजना गरेको छ । सक्नेले सहयोग गरेर एउटा मानवको कर्तब्य पुरा गर्न अभियान्ता कुँवरले आव्हान गर्नुभएको छ ।

Previous articleअदालतको आदेश : फुल्टेक्रा तलाउमा भौतिक संरचना निर्माण नगर्नु
Next articleडेढ करोडको स्मेकसहित रुपैडिहामा एक युवा पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here