डेढ करोडको स्मेकसहित रुपैडिहामा एक युवा पक्राउ

नेपालगञ्ज । भारतीय सीमा क्षेत्रस्थित रुपैडिहा बजारबाट एक सय ३४ ग्राम स्मेकसहित एक जना पक्राउ परेका छन् । लागु औषधबिरुद्ध भारतीय प्रहरीले चालेको अभियानका क्रममा गएराती रुपैडिहाको घसियारन टोलबाट रसिद नाम गरेका व्यक्तिलाई स्मेकसहित पक्राउ गरेको हो ।

भारतीय प्रहरीले रातीको गस्तीका क्रममा शंका लागेर चेकजाँच गर्दा रसिदको साथबाट १३४ ग्राम इस्मेक बरामद भएको मंगलबार थाना रुपैडिहा जनपद बहराईचले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । भारतीय प्रहरीका अनुसार बरामद स्मेकको मुल्य १ करोड ३४ लाख अनुमान गरिएको छ ।

थाना रुपैडिहा जनपद बहराईचका बरि.उपनिरिक्षक रुदल बहादुर सिंह, का.बिरेन्द्र कुमार गुप्ता, का.प्रमोद बर्मा, कांस्टेवल अशोक तिवारी, यस्तै भारतीय शसस्त्र सीमा सुरक्षा बलका एसआई दिप सिंह भाटी, का.प्रविण डोगारी, का. ४२ बाहिनी डि कम्पनी रमेशको संयुक्त गस्ती टोलीले रसिदलाई पक्राउ गरेको प्रहरीलाई उद्धृत गर्दै रुपैडिहाबाट पत्रकार सन्तोष शुक्लाले जानकारी दिनुभएको छ ।

Previous articleअञ्जली बचाउ अभियान : जुटेको रकम हस्तान्तरण
Next articleनेपालगन्जमा आधारभुत उद्घोषण तालिम शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here