नेपालगन्जमा आधारभुत उद्घोषण तालिम शुरु

नेपालगञ्ज । नेपालगन्जमा सात दिने आधारभुत उद्घोषण तालिम शुरु भएको छ । उद्घोषणमा रुचि भएका युवाहरुलाई लक्षित गरि सञ्चालन गरिएको तालिम बास नेपालको आयोजना तथा नेपालगन्ज ग्यालरीको सहकार्यमा सञ्चालीत छ ।

तालिमको उद्घाटन कार्यक्रममा तालिमका प्रशिक्षकहरुले सहभागिहरुलाई शुभकामना दिएका थिए । बासका कार्यक्रम संयोजक रबिन्द्र बोहराले सञ्चालन गरेको तालिमको उद्घाटन सत्रमा तालिमको कार्य तालिका बारे जानकारी गराईएको थियो ।

तालिमको पहिलो दिन प्रशिक्षक नमस्कार शाहले उद्घोषणको परिचय, पृष्ठभुमि र उद्घोषणको प्रस्तुतिकरणका बिषयमा प्रशिक्षण दिनुभएको छ । नेपालगन्जको स्वस्तिक कटेजमा सञ्चालीत तालिममा शाहसंगै पत्रकार कमल बिके निर्मोही, हेमराज भट्ट, समिरमान श्रेष्ठ, मन भण्डारी, माधव अधिकारी र रमेश सिटौलाले सहजिकरण गर्नुहुनेछ । तालिममा ४२ जना युवाहरुको सहभागिता रहेको छ ।

Previous articleडेढ करोडको स्मेकसहित रुपैडिहामा एक युवा पक्राउ
Next articleअगैयाबाट हराएकी २५ वर्षीया युवतीको उद्धार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here