दुई लाख बढि रकमसहित कोहलपुरमा पाँच जुवाडे पक्राउ

बाँके । बाँके प्रहरीले कोहलपुरबाट पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कोहलपुर नगरपालिका वडा नं–११ गोलपार्क नजिकै जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको हो ।

गोलपार्कस्थित टोल प्रसाद हमालको घरमा हारजित खेलिरहेकाहरुलाई मंगलबार बिहान करिब सवा ११ बजेको समयमा दुई लाख पाँच हजार चार सय पचास रुपैयासहित उनीहरु पक्राउ परेको बाँके प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा कोहलपुर ११ बस्ने ३४ वर्षीय प्रकाश रिजाल, ४५ वर्षीय रमेश गिरी, ३४ वर्षीय टंक बहादुर रोकाय, ५० वर्षीय टंक बहादुर शाही र ४५ वर्षीय घरबेटी हमाल रहेका छन् ।

Previous articleनेपालगञ्जस्थित एक सरकारी कार्यालयका प्रमुख घुस रकमसहित पक्राउ
Next articleथोरै सहयोगमा अघि बढेकी सरिता !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here