अख्तियारमा सबैभन्दा धेरै बाँकेका उजुरी

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पर्क कार्यालयमा बाँके जिल्लाका धेरै उजुरी परेको पाइएको छ । आर्थिक वर्ष २०७७–०७८ मा ७ सय ७६ वटा उजुरीमध्ये बाँकेका ३ सय ४४ उजुरी छन् ।

बाँके, बर्दिया र दाङ जिल्लालाई हेरिरहेको नेपालगञ्ज सम्पर्क कार्यालयले रोल्पा जिल्लालाई समेत हेर्न थालेको छ । सम्पर्क कार्यालय, नेपालगञ्जका प्रमुख कृष्णकुमार निरौलाका अनुसार, ७ सय ७६ वटा उजुरी रहेकोमा ५ सय ३ वटाको छानबिन सम्पन्न भएको छ ।

बाँकेका ३ सय ४४ वटा उजुरी मध्ये २ सय २४ वटाको छानबिन सम्पन्न भएको छ।दाङ जिल्लाको २ सय ४५ वटा उजुरी परेका छन् । त्यसमा एक सय ५१ वटा छानबिन भइसकेको छ । बर्दिया जिल्लामा एक सय ८० वटा उजुरी परेकोमा एक सय २४ वटाको छानबिन सम्पन्न भएको छ ।

केही महिनादेखि नेपालगञ्ज सम्पर्क कार्यालयलाई हेर्ने जिम्मा दिइएको रोल्पामा सात वटा उजुरी रहेकोमा चार वटाको छानबिन सम्पन्न गरिएको छ ।अख्तियारमा सबैभन्दा धेरै स्थानीय तहका उजुरी रहेका छन् । सम्पर्क कार्यालयमा २ सय ५२ वटा स्थानीय तहका उजुरी रहेकोमा एक सय ५४ वटा पछ्र्यौट भएको छ ।

स्थानीय तहमै शिक्षाको उजुरी पनि अधिक रहेको निरौलाले बताउनुभयो । वन, भूमि व्यवस्था, सहकारी, गृहमन्त्रालय, भौतिक पूर्वाधा, स्वास्थ्य तथा जनसंख्या, प्रदेश सामाजिक विकास मन्त्रालय, खानेपानी, शहरी विकासका उजुरी अधिक रहेका छन् ।

Previous articleखजुराको सार्वजनिक सुनुवाई, तीन वर्षमा ६८ बुँदा पूरा
Next articleजन्मदिनमा असल काम, कार्कीले गरे पुरस्कार घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here