कोहलपुरका ६ वटा स्वास्थ्य संस्थाहरुको क्षमता विश्लेषण

कोहलपुर । कोहलपुर नगरपालिकाका ६ वटा स्वास्थ्य संस्थाहरुको क्षमता पहिचान (लेखाजोखा) गरिएको छ । विश्व स्वास्थ्य संगठन र यूनिसेफले तयार गरेको वास फिट टुल प्रयोग गरेर उक्त लेखाजोखा गरिएको हो ।

कोहलपुर नगरपालिकाको समन्वय, वास एस डि जिको साझेदारीमा गेरुवा ग्रामीण जागरण संघद्वारा संचालित वास इन हेल्थ (स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ र स्वच्छता प्रवद्र्धन) परियोजनामार्फत स्वास्थ्य संस्थामा पानी, सरसफाइ, स्वच्छता र व्यवस्थापनका मुख्य ४ क्षेत्रका ६४ वटा सूचकका आधारमा क्षमता लेखाजोखा गरिएको छ ।

स्वास्थ्य संस्था सन्चालन तथा व्यवस्थापन समिति र वास फिट समितिका सदस्यहरुले सहभागितामूलक छलफल गरेर हरेक मापदण्ड पुरा गरेको सूचकलाई तीन वटा तारा, मापदण्ड आंशिक रुपमा पुरा गरेकालाई दुई वटा तारा र मापदण्ड पुरा नगरेका सूचकलाई एक तारा दिएका थिए ।आधारभूत स्वास्थ्य सेवा केन्द्र कोहलपुर–१ कौशिलानगर, रझेना स्वास्थ्य चौकी कोहलपुर–४ मदनचोक, आधारभूत स्वास्थ्य सेवा केन्द्र कोहलपुर–५ शान्तिनगर, आधारभूत स्वास्थ्य सेवा केन्द्र कोहलपुर–१३ रानिघाट र समशेरगन्ज स्वास्थ्य चौकी कोहलपुर–१५ शमशेरगन्जको लेखाजोखा गरिएको हो ।

स्वास्थ्य संस्थाहरुको अवस्था निकै नाजुक रहेको प्रारम्भिक तहको जानकारी आएको र यो लोखाजोखाले के ? के ? मा सुधार गर्ने स्पष्ट गरेको गेरुवाका कार्यकारी निर्देशक हरि सुवेदीले जानकारी दिनुभएको छ ।

उहाँले लेखाजोखा गरिएका स्वास्थ्य संस्थाहरुको विद्यमान अवस्थाका बारेमा सम्बन्धित स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति, वडा कार्यपालिका र गाउँ, नगरपालिकाहरुसँग छिट्टै छलफल गरिने र सुधारका लागि पहल थालिने बताउनुभयो ।

Previous articleसहादत मस्जिद गुठीको नयाँ कार्यसमिति बनेको प्रति ध्यानाकर्षण
Next articleबैजनाथमा मानव बेचबिखन नियन्त्रण समितिको समिक्षा शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here