
बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिकामा स्थानीय मानव बेचबिखन नियन्त्रण समितिसंगको बार्षिक समिक्षा र योजना बैठक शुरु भएको छ ।
मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण (बिरुद्ध) को पालिकास्तरीय समितिले हालसम्म गरेको कार्य र अगामी दिनमा गर्नुपर्ने कार्यक्रमको खाका तयार गर्न समिक्षा तथा बैठक बिहीबारदेखि शुरु भएको हो । बैठकलाई बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले उद्घाटन गर्नुभएको थियो ।
बैजनाथ गाउँपालिकाको समन्वय तथा सहकार्यमा यूएसएड, विनरक इन्टरनेशनल, युके एडको सहयोगमा माइती नेपालमार्फत संचालित हाम्रो सम्मान परियोजनाको प्राबिधिक सहयोगमा बैठक संचालन गरिएको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो ।
विनरक इन्टरनेशनलकी कमला पन्तले नेपाल सकारको संरचनाको बलियो बनाउन, नागरिक समाजलाई क्रियाशिल बनाई नेपाल सरकारलाई सहयोग गर्ने, नीजि क्षेत्रलाई मावन बिचविखन तथा जोखिम समुदायलाई आत्मा निर्भर बनाउन सहयोग गर्ने र मेनपावर कम्पनीहरुलाई नेपाल सरकारको नीतिगत कानूनी व्यवस्था अनुसार बैदेशिक रोजगारी वद्र्धन गर्न लगाउने जस्ता मुख्य उदेश्य जानकारी गराउनुभयो ।
बैठकमा स्थानीय तहमा मावन बेचबिखन नियन्त्रणका लागि संचालन गरिएका पहलहरुको बारे समिक्षा समेत गरिनेछ । कार्यक्रममा पालिकास्तरीय नियन्त्रण समितिमा रहेका बैजनाथ गाउँपालिका जनप्रतिनिधि, कर्मचारी, बाल क्लब संजाल, किशोरी क्लब संजाल र यस सम्बन्धमा क्रियाशिल संघ, संस्थाका प्रशतिनिधिको सहभागिता रहेको छ ।





