
नेपालगञ्ज । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपालगञ्जस्थित नेत्रहिन संघमा रहेका बालबाललिकाहरुका लागि कोभिड–१९ स्वास्थ्य सामाग्री बितरण गरिएको छ ।
संघमा रहेका श्रोत बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई कोभिड–१९ बाट जोगाउन स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । बिहीबार जिल्लामा बिभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा नेत्रहिन संघको कार्यालयमै पुगेर उक्त सामाग्री हस्तान्तरण गरेका छन् ।
अन्तर्राष्ट्रियुवा दिवस २०२१ को अवसरमा सामाजिक बिकास मंच (एसडिएफ) बाँके, सेफ द चिल्ड्रेन, जिल्ला युवा क्लब संजाल बाँके, बाँके युनेस्को क्लब, बागेश्वरी असल शासन क्लबले संयुक्त रुपमा स्यानिटाईजर, मास्क, ग्लोब्स हस्तान्तरण गरिएको एसडिएफका कार्यक्रम संयोजक राम श्रेष्ठले जानकारी दिनुभयो ।





