बाँकेमा एकैदिन अबैध काठ, कपडा र चाँदीका बाला बरामद

नेपालगञ्ज । बाँकेको डुडुवाबाट प्रहरीले अवैध सालको काठ बरामद गरेको छ । डुडुवा गाउँपालिका–६ मोहनपूर्वास्थित छब्बन खानको जमिनमा रहेको झाडीमा लुकाइ राखेको ३ थान सालको गोलिया बरामद गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरीको टोलीले करिव एक लाख ९६ हजार ५ सय ६० रुपैयाँ बराबरको काठ बरामद गरेको हो ।

यस्तै ८५ तोला चाँदीसहित जमुनाह प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मुगुम कार्मारोङ गाउँपालिका–६ मुगुका कर्माथिले तामाङलाई ८५ तोला चाँदीका बालासहित पक्राउ गरिएको जमुनाहका प्रहरी इन्चार्ज पूर्ण खत्रीले जाकनारी दिनुभयो ।

यस्तै भन्सार छलि ल्याइएको बेवारिसे कपडा नेपालगन्ज उपमहानगरपालिका–१० बाट प्रहरीले बरामद गरेको छ । करिव ५५ हजार २ सय मूल्य बराबरको बरामद कपडा आजै भन्सार कार्यालयमा बुझाइएको छ ।

Previous articleलुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरुद्धारा सपथ ग्रहण
Next articleनेपालगञ्जका शाहको महाकाली मेची समवेदना साइकल यात्रा पुरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here