नेपालगञ्जका शाहको महाकाली मेची समवेदना साइकल यात्रा पुरा

नेपालगञ्ज । नेपालगन्जका सामाजिक अभियान्ता तेजबिक्रम शाहले महाकाली मेचि साइकल यात्रा पूरा गर्नुभएको छ । ६५ वर्षीय शाहले ११ दिनमा साइकल यात्रा पूरा गर्नुभएको हो ।

उहाँले साउन १८ गते महाकालीबाट यात्रा सुरु गर्नुभएको थियो । कोरोनाबाट मृत्यु भएका व्यक्तिहरुको सम्झनामा समवेदना साइकल यात्रा सुरु गर्नुभएका उहाँले दिवंगत भएका परिवारप्रति धैर्य र सान्त्वना व्यक्त गर्नुभएको छ ।

उहाँले यात्रामा सहयोग पुर्याउने सबैप्रति आभार प्रकट समेत गर्नुभएको छ । यात्रा पूरा गरेर नेपालगन्ज फर्किनुभएका शाहलाई सहपाठीहरुले सम्मान गरेका थिए ।

Previous articleबाँकेमा एकैदिन अबैध काठ, कपडा र चाँदीका बाला बरामद
Next articleकृषि ज्ञान केन्द्र बाँकेको स्वीकृत वार्षिक कार्यक्रम सार्बजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here