
नेपालगन्ज । बाँके प्रहरीले नाै लाख पचास हजार बराबरकाे अबैध बाख्रासहित एक जनालाई पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बुधबार राती ११ बजेकाे समयमा मिनि ट्रकमा लाेड गरिएकाे बाख्रासहित चालकलाई नियन्त्रणमा लिईएकाे हाे ।
ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले जिल्ला बाँकेकाे खजुरा गाउँपालिका वडा न ८ चमकदारपुरबाट कोहलपुर न.पा.१४ बस्ने वर्ष २० को दिपक रानाले चलाएको भे १ क १२४३ को मिनि ट्रकमा भन्सार छली चोरी पैठारी गरी ल्याएको खसि जिउ ४४ र ट्रक सहितको अन्दाजि मुल्य ९,४०,०००।– (नौ लाख चालिस हजार) रुपैया बराबरको सामान बरामद गरिएकाे छ ।
व्यक्तिसहितकाे सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।





