युवा क्लबको सराहनीय कार्य, मोहर्रमको बिसर्जनका दिन बितरण गर्यो खिर

नेपालगञ्ज । नेपालगञ्जमा मोहर्रमको दशवी दिन अर्थात ताजिया बिसर्जन दिन युवा क्लबले खिर बितरण गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ स्थित बागेश्वरी वडास्तरीय युवा क्लबले ताजिया बिसर्जनका दिन मेला हेर्न निस्कने लगायतहरुलाई खिर बितरण गरेको हो ।

युवा क्लबले सामाजिक काम गर्नुपर्छ र सोही सामाजिक कार्य अनुसार खिर बितरण गरिएको क्लबका अध्यक्ष सलमान सल्मानीले बताउनुभयो । खिर बितरणका क्रममा वडा नं २ का वडा अध्यक्ष सुनिल सिंह हमालको समेत उपस्थिति रहेको थियो ।

मुस्लिम समुदायले शनिबार नेपालगञ्ज भित्रकाले फुल्टेक्रास्थित तलाउ, जिल्लाका अन्य ठाउँमा आआफ्नै स्थानीय स्थानमा मोहर्रमको ताजिया बिसर्जन गरेर मोहर्रम पर्व मनाएका छन् । युवा क्लबले सल्यानी बंगाला मोडमा खिर बितरण गरेको थियो ।

खिर बितरणका केही तस्बिरहरु

Previous articleताजिया सेलाउँदै माेहर्रम मनाईयाे
Next articleलागु औषध स्मेकसहित एक नेपालीसंगै तीन जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here