
बाँके । नेपालगञ्जको वडा नं–६ मा का एक युवामा कोरोना देखिएको छ । भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षण अनुसार २८ वर्षीय एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यससंगै बिहीबार बाँकेमा दुई जनामा कोरोना देखिएको हो । अस्पतालको परीक्षण नतिजा अनुसार नै बैजनाथ गाउँपालिका वडा नं–१ का ११ वर्षीय बालकमा समेत कोरोना संक्रमण देखिएको छ ।
यस्तै बर्दिया ठाकुरबाबा नगरपालिका वडा न–५ की ३० वर्षीया महिला र सुर्खेत, गुर्भाकोट ६ का एक ३० वर्षीय पुरुषमा कोरोना देखिएको हो ।






