प्रत्याभूत बालबालिकाहरुको सहभागितामा अतिरिक्त क्रियाकलाप

राजापुर । बर्दियाको राजापुर नगरपालिमा प्रत्याभूत बालबालिकाहरुको सहभागितामा अतिरिक्त क्रियाकालप सम्पन्न गरिएको छ ।

प्लान इन्टरनेशन नेपालको आर्थिक सहयोगमा सामाजिक सचेतना सरोकार मञ्च (स्याक नेपाल) द्धारा संचालित प्रत्याभूत संचार परियोजना अन्तर्गत १५ जना बालबालिकाहरुको सहभागिता गराई उनीहरुलाई बिभिन्न खेलको माध्यमबाट अन्र्तनिहित प्रतिभा प्रस्फुटन गरिएको हो ।

उक्त अतिरिक्त क्रियाकलापहरुमा चित्रकला प्रतियोगिता, तातो आलु खेल र बोरा दौड प्रतियोगिता गरिएको थियो । कार्यक्रममा बाल संरक्षण, दूव्र्यवहार भनेको के हो ? यदी दूव्र्यवहार भयो भने कहाँ कसरी रिर्पोटिङ्ग गर्ने ? बारे जानकारी गराईएको थियो ।

यस्तै यस प्रत्याभूत संचार कार्यक्रम अन्तरर्गत जम्मा ८ हजार ४ सय ५ जना प्रत्याभूत बालबालिकाहरुलाई बिधालय निरन्तरताको लागि स्टेशनरी, झोला तथा १३ र १४ बर्षको बालबालिकाहरुलाई महिनावारी स्वच्छता व्यवस्थापन किट बितरण गर्ने योजना रहेको र उक्त सामाग्री यही शुक्रबारबाट बितरण गरिने स्याक नेपालले जनाएको छ ।

Previous articleसमुदायका ब्यक्तिहरु प्रत्याभूत संचार कार्यक्रम बारे जानकार बन्दै
Next articleजानकी गाउँपालिकाको वडा नं ३ पनि बाल विवाह मुक्त घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here