प्रादेशिक अस्पताल तुलसीपुरका सुपरीटेन्डेन्ट डा.सिंहलाई कालोमोसो

तुलसीपुर । दाङस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरीटेन्डेन्ट डा.विनोद सिंहलाई केही युवाहरुले कालोमोसो दलेको छन ।

टाइडफाईड भएको बिरामीको कल्चार चेकजाँचको व्यवस्था नभएको बताएपछि डा.सिंहलाई कार्यकक्षमै पुगेर समूहले कालेमोसो दलेको हो ।

३ र ४ जनाको समूहले शुक्रबार पौने २ बजे मेसुको कार्यकक्षमै कालोमोसो दलेको जिल्ला प्रहरी कार्यालय दाङका सुरेश काफलेले जानकारी दिनुभयो । सर्जन परियारको नेतृत्वमा गएको टोलीले कालोमोसो दलेको खुलेको बताइएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरमा सर्जन परियार, दिवस क्षेत्री र गणेस खड्काका विरुद्धमा उजुरी परेको र खोजी कार्य जारी रहेको एसपी काफ्लेले बताउनुभयो ।

Previous articleमानव बेचबिखन बिरुद्ध सरोकारवालासंग छलफल, नियन्त्रणमा भएका कार्य सार्वजनिक
Next article४४ किलो गाँजासहित दुई जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here