सञ्चार माध्यमलाई नवीकरण शुल्क छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले सञ्चार माध्यमहरुका लागि नवीकरण शुल्क छुट दिने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको अर्थमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रसारण नियमावली २०७७, रेडियो सञ्चार नियमावली २०७७ र चलचित्र नियमावली २०७७ संसोधन गरी सञ्चार माध्यमलाई लिइने नवीकरण शुल्क छुट दिने व्यवस्था गरिएको डा.खतिवडाले बताउनुभयो ।

कोभिड–१९ को महामारीका कारण सञ्चारमाध्यमलाई सहुलियत स्वरुप यस्तो छुट दिइएको उहाँले जानकारी दिनुभयो ।

Previous articleप्रदेश ५ मा गाडी र लाइसेन्स नवीकरणमा जरिवाना नलाग्‍ने, प्रदेशसभा पदाधिकारीको सुविधामा हेरफेर गर्ने निर्णय
Next articleप्रदेश ५ मा ९४ करोड ७३ लाख बेरुजु, स्थानीय तहमा मात्रै ५ अर्ब ४ करोड बढि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here