
बुटवल । प्रदेश ५ मा आर्थिक वर्ष २०७५/०७६ को बेरुजु ९४ करोड ७३ लाख देखिएको छ ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको बाँकी ५ लाख र सोही आर्थिक वर्षको ९४ करोड ६८ लाख गरी ९४ करोड ७३ लाख रुपैयाँ बेरुजु देखिएको हो ।
यही बेरुजु रकममा ३२ करोड २८ लाख रुपैयाँ पेश्की रहेको छ ।
प्रदेश ५ का १ सय ५३ वटा कार्यालयमा आर्थिक वर्ष २०७५/०७६ का लागि ३० अर्ब २८ करोड ३८ लाख रुपैयाँको लेखा परीक्षण गर्दा ९४ करोड ६८ लाख बेरुजु देखिएको हो ।
प्रदेश ५ का स्थानीय तहमा ५ अर्ब ४ करोड ५६ लाख रुपैयाँ बेरुजु देखिएको छ ।
प्रदेश ५ का १ सय ९ स्थानीय तहको कुल १ खरब १७ अरब ५९ करोड ६ लाख रुपैयाँको लेखा परीक्षण गर्दा लेखापरीक्षणको तुलनामा ४ दशमलव ६९ प्रतिशत बेरुजु देखिएको छ ।





