साउने संक्रान्तिको उल्लास र त्यो बालापन

मिना पुन मगर
बाँके । आज साउने संक्रान्ति अथवा लुतो फाल्ने दिन । आजको दिन घरमा कुरिलो, कागती अथवा अमिलो फलफुलसंगै आगोको अगुल्टो फाल्ने चलन छ । यसो गरेमा वर्षभरि रोग लाग्दैन भन्ने पुरानो बिश्वास छ ।

आजको दिनबाट दिन छोटो र रात लामो हुँदै जान्छ भन्ने हाम्रो बुवा आमाले भन्ने गर्नुहुन्छ । त्यस्तै यो साउने संक्रान्तिबाट नै नेपाली समाजमा चाडपर्वहरु पनि भित्रिन्छन् ।

आजको दिन किसानहरुले आफ्नो खेतीपाती लगाई सकेर सरसफाई गरि मिठो खानाको परिकार तयार पारी आफ्ना खेतालाहरुलाई खुवाईने चलन नि हाम्रो गाउँघरमा छ, जसले गर्दा एक आपसमा मेलमिलाप खुशी साटासाँट हुन्छ ।

बाल्यकालमा भने साउने संक्रान्ति मनाउने तरिका फरक थियो । अहिलेको जस्तो देखावटी नभएर माया स्नेह भरिएको हुन्थ्यो ।

आफ्ना बाल शखाहरुसंग खेल्ने र खासगरी संक्रान्तिका दिन कसरी मनाउने भन्ने एकले अर्कालाई तिमले यस्तो गर्ने, उसले यस्तो गर्ने भन्नेमै केन्द्रीत हुन्थ्यो । जसमा बालपनको त्यो चन्चलता भरिएको हुन्थ्यो ।

बाल्यकालकै समय सम्झिदा त्यतिबेला तिउरी फुलको पात पिसेर मेहन्दीका रुपमा हातमा लगाउने गथ्र्यो । प्राय आमाले मेन्दी लगाई दिनुहुन्थ्यो । मेहन्दी लगायो भने वर्षभरि खुशी मिल्छ भन्ने उहाँहरुले भन्नुहुन्थ्यो । बाल्यकालका दिन सम्झिदा बाल्यकालकै उमेरमा रहन पाए हुन्थ्यो जस्तो पनि लाग्छ । तर त्यो असम्भव छ ।

अचेल साउने संक्रान्तिमा हातभरि मेहन्दी र हिरयो चुरा, हरियो बस्त्र लगाउने चलन प्राय छ । यसले विवाहित महिलाको श्रीमानको आयु बढ्छ । त्यस्तै साउनमा महिलाहरु ब्रत बसे परिवारमा खुशी छाउँछ भन्ने गाउँघरको मान्यता छ ।

Previous articleप्रदेश ५ मा ९४ करोड ७३ लाख बेरुजु, स्थानीय तहमा मात्रै ५ अर्ब ४ करोड बढि
Next articleबाँकेमा रसायनिक मल अभाव, किसान चिन्तित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here