नेपालगञ्जमै संचालन भयो पश्चिम नेपालकै पहिलो डिटेलिंग स्टुडियो

नेपालगञ्ज । पश्चिम नेपालकै पहिलो डिटेलिंग स्टुडियो (लेट्स साईन) नेपालगञ्जमा संचालनमा आएको छ ।

लामो समयसम्म गाडी आकर्षक बनाउने, स्क्र्याच हटाउने, खिया हटाउने, डिग्रिस, केमिकल वास जस्ता सुबिधाहरुसहित नेपालगञ्जको कारकाँदोमा डिटेलिंग स्टुडियो संचालनमा ल्याइएको हो ।

बुधबार नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोईरालाले शोरुमको उद्घाटन गर्नुभयो । उद्घाटनमा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, नंम्बर ४ बाहिनीका बाहिनीपति एवं सहायक रथी हरेन्द्र पाठक, भैरव सेना गणका गणपति एवं कर्नेल जनमत कार्कीको समेत उपस्थिति रहेको थियो ।

सेवासंगै बिभिन्न छुटहरुको व्यवस्था समेत रहेको लेट्स साईनका प्रबन्ध निर्देशक शौरभ आचार्यले जानकारी दिनुभयो ।

Previous articleदुर्गन्धित कार्यालयको परिचय बनाउँदै मालपोत
Next articleडुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीलाई पितृशोक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here