डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीलाई पितृशोक

नेपालगञ्ज । जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख ज्ञानेन्द्र चौधरी तथा बाँकेको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीलाई पितृशोक परेको छ ।

गाउँपालिका अध्यक्ष चौधरीका बुवा हरिनारायण चौधरीको बुधबार ८५ वर्षको उमेरमा निधन भएको हो । उहाँको उपचारका क्रममा भारतको हरियाणा लैजाने क्रममा लखिमपुर खिरीमा बुधबार अपरान्ह साढे ४ बजे निधन भएको छ ।

चौधरी पछिल्लो केही समययता बिरामी हुनुहन्थ्यो । उहाँमा मुटु सम्बन्धी समस्या रहेको गाउँपालिका प्रेस सल्लाहकार राकेश कुमार मिश्रले जानकारी दिनुभयो ।

Previous articleनेपालगञ्जमै संचालन भयो पश्चिम नेपालकै पहिलो डिटेलिंग स्टुडियो
Next articleजयेन्दु बाल सुधार गृहमा आँखा तथा कान शिविर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here