बजुरामा नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित

बाजुरा । नेपाली काँग्रेसको १४ औं महाधिवेशन तथा बाजुराको सातौं जिल्ला अधिवेशनको तयारी ६९ वटै वडाले पुरा भएपनि अन्तिममा आएर क्रियाशिल सदस्यता केन्द्रले सार्वजनिक नगर्दा स्थगित भएको छ ।

शुक्रबारबाट सुरु हुने वडा यहाकाँ ९ वटै स्थानीय तचहका ६९ वडाको अधिवेशन रोकिएको नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डितले बताउनुभयो ।

उहाँले केन्द्रीय समितिले जिल्लाबाट सिफारिस भएका सदस्यहरुको नामावली सार्वजनिक नगरेको र जिल्लाका लागि खटाइएका निर्वाचन अधिकृतलाई समेत नदिएकाले वडाको अधिवेशन सूचना पजारी गर्दै स्थगित गरिएको जानकारी दिनुभयो ।

केही दिन जिल्लाबाट क्रियाशिल सदस्यहरुको नविकरण र नयाँ सदस्यताको शुल्क नबुझाएकोमा रोकिएको भनिएपनि अहिले के कति कारणले रोकिएको हो, त्यसको विषयमा कुनै जानकारी नभएको नेपाली काँग्रेस बाजुराले जनाएको छ ।

Previous articleबाँकेको खजुराले दियो पठन पाठन संचालनको अनुमति
Next articleमधुवनको शक्तिपुर नाकामा सूचना तथा परामर्श केन्द्र संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here