मधुवनको शक्तिपुर नाकामा सूचना तथा परामर्श केन्द्र संचालन

मधुवन । बर्दियाको मधुपन नगरपालिकाको सीमा क्षेत्र शक्तिपुरमा सूचना तथा परामर्श केन्द्र संचालन गरिएको छ । माइती नेपालले मधुवन नगरपालिका वडा नं ५ स्थित शक्तिपुर नाकामा केन्द्र संचालन गरेको हो ।

केन्द्रको बिहीबार मधुवन नगरपालिकाका नगरप्रमुख गणेश बहादुर क्षेत्रीले उद्घाटन गर्नुभएको छ । सो क्रममा नगरप्रमुख क्षेत्रीले पालिकाका केही वडाहरु भारतसँग सिमा जोडिएका र खुल्ला नाकाको रुपमा प्रयोगमा आइरहेको हुँदा यस्ता खुल्ला नाकाहरुलाई मानब बेचबिखन तथा ओसारपसारका लागि प्रयोग हुन सक्ने बताउनुभयो ।

मानब दलालहरुले प्रयोग गर्न सक्ने भएको हुँदा यस स्थानमा निगरानी बढाउनुपर्ने आवश्यकता देखिएपछि माइती नेपालले परामर्श केन्द्र संचालन गरेको बताउनुभयो ।

पालिकाले भौतिक पुर्वधार बिकाससँगसँगै मानवीय बिकास र संरक्षणका लागि पनि बिभिन्न कार्यक्रमहरु गर्दे आइरहेको सन्दर्भमा यसअघि सुरक्षा व्यवस्थापनलाई समेत मध्यनजर गरि नेपाल प्रहरी, ससस्त्र प्रहरी समेतको सक्रियताको लागी पहल भइरहेको कुरा उहाँले उल्लेख गर्नुभयो ।

५ का वडा अध्यक्ष कर्ण बहादुर खड्काले भन्नुभयो मानब बेचबिखन जघन्य अपराध हो, यसलाई रोकथाम गर्नका लागि माइती नेपालसँग समन्वय सहकार्य गर्दे अगाडी बढेने छौं आफुले आफ्नो र वडा नं ५ को तर्फबाट सक्दो सहयोग गर्नेछौं ।

कार्यपालिका सदस्य मिना वलीले खुल्ला सिमाना भएका कारण मानब बेचबिखन तथा ओसारपसार भईरहेको हुनसक्ने भएकोले यसलाई रोकथाम गर्न माइती नेपालसँग समन्वय र सहकार्य गर्दे सक्रिय भई लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

मधुवन नगरपालिका महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख एवं मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानीय समितिका सदस्य सचिब इन्द्रा चुनाराले मानब बेचबिखन रोकथाम र न्युनिकरणका लागि माइती नेपाल लगायत बिभिन्न सरकारी तथा गैर सरकारी निकायहरुसँग समन्वय सहकार्य र हातेमालो गर्दै अगाडी बढ्ने र खुल्ला नाका भएका कारण अन्यत्रबाट महिला तथा बालबालिकाहरु आएमा तुरुन्त माइती नेपाल र नेपाल प्रहरीलाई सम्पर्क गरि आबश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा मधुवन नगरपालिकाका प्रंमुख प्रशासकीय अधिकृत ओमकार शाह, ससस्त्र प्रहरी नायब निरीक्षक राम बहादुर रोकाय, नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक सिताराम चौधरी, प्रहरी सहायक निरीक्षक लाल बहादुर साउद लगायत महिला सामाजिक अगुवा र स्थानीय युवा बिधार्थीहरुको उपस्थिति रहेको थियो ।

Previous articleबजुरामा नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित
Next articleबैजनाथ गाउँपालिको पनि दियो बिद्यालय संचालनको अनुमति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here