बर्दियामा १८७ जना घर फर्किए, आइशोलेशनमा अब १३ जना मात्र

बर्दिया । बर्दिया जिल्लाका आईशाेलेशनमा बस्ने संक्रमित घटेका छन् । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार जिल्लाका आईशाेलेशनमा बस्नेहरू न्यून रूपमा बचेका छन् ।

घर फर्किनेहरूकाे संख्या धैरै भएकाले स्वास्थ्यकर्मीकाे निगरानीमा बस्नेहरूकाे संख्या कम बचेकाे जनस्वास्थ्य निरिक्षक कृष्ण गाेपाल चाैधरीले जानकारी दिनुभयाे ।

जिल्लामा अब जम्मा १३ जना संक्रमित घर जान बाँकी छन् । शुक्रबार बिहानसम्म २६ जना महिला र १७४ जना पुरूष गरि दुई सय जना व्यक्तिहरूमा काेराेना भाईरसकाे संक्रमण पुष्टि भएकाे छ ।

हालसम्म २१ महिला र १६६ पुरूष गरि १८७ जना घर फर्किईसकेका छन् ।

Previous articleबाँकेमा रसायनिक मल अभाव, किसान चिन्तित
Next articleचार किलो बढि अफिमसहित कोहलपुरका एक व्यक्ति पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here