स्याक नेपालको अध्यक्षमा पुनः पाण्डे, दश जना कर्मचारी सम्मानित

नेपालगञ्ज । बाँके र सामाजिक सचेतन सरोकार मन्च (स्याक नेपाल) को २७ औं बार्षिक साधारण सभा तथा सामाजिक परिक्षण मंगलबार सम्पन्न भएको छ ।

सो साधारण सभा कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तवले आगामी फागुन महिना भित्र बाँके जिल्लालाई बाल विवाह मुक्त गर्ने लक्ष्य रहेको बताउनुभयो । साथै यो अभियानमा स्याक नेपालले बाँके जिल्लामा महत्वपुुर्ण भुमिका खेलेको समेत बताउनुभयो ।

सो कार्यक्रममा नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ्ग, गैसस, बाँकेका अध्यक्ष नमस्कार शाह, गेरुवा ग्रामिण जागरण संघका अध्यक्ष कृष्ण जङ्ग शाह, राष्ट्रिय मानव अधिकार आयोगका रमेश रावतले संस्थाको प्रगतिको लागि शुभकामना ब्यक्त गर्नु भएको थियो ।

सोही कार्यक्रममा शंकर न्यौपानेले संस्थाको सामाजिक परिक्षणको प्रतिवेदन प्रस्तुत गर्नुभयो । यस्तै सोही अवसरमा अर्मिला रोकाय, अक्लिम खान, कृष्ण गिरी, सिमा वली, सुनिता थारु, बबिता शाह, जगदिश थापा, शेषकान्त शर्मा, लक्ष्मी प्रसाद शर्मा, होम कुमार चौधरीलाई उत्कृष्ठ कर्मचारीको रुपमा प्रमाण पत्र र दोसल्ला ओढाई प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका संयोजक श्रीवास्तव र स्याक नेपालका अध्यक्ष पाण्डेले सम्मान गर्नुभएको थियो ।

२७ औ साधारण सभाबाट चयन गरिएको कार्य समितिको अध्यक्ष पाण्डेसंगै उपाध्यक्षमा सरस्वती बुढा, सचिवमा भद्री क्षेत्री, सहसचिवमा बिष्णु अधिकारी, कोषाध्यक्षमा चन्द्रराज गिरी रहनुभएको छ भने सदस्यहरुमा कल्पना अधिकारी, कैलाश श्रेष्ठ, काजल खान र बशन्ति परियारसहित ९ सदस्यीय सर्वसम्मत चयन गरिएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले बताउनुभयो ।

Previous articleतिजको अवसरमा नेपाल स्वास्थ्यकर्मी संघद्धारा शुभकामना आदान प्रदान
Next articleनेपालगगन्ज १० मा वडास्तरिय बालक्लव सञ्जालको दोस्रो अधिवेशन सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here