
नेपालगञ्ज । नेपालगगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्तरिय बालक्लव सञ्जालको आज दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा नेपालगंज उपमहानगरपालिका वडा नम्बर १० कार्यालयको समन्वय र नेपालगन्ज उपमहानगरपालिका वडा स्तरीय बाल संजाल १० को सहकार्यमा सो दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
सो कार्यक्रमको प्रमुख अतिथि वडा नं.१० का वडा अध्यक्ष बिन्दुभुषण बस्नेतले बाल क्लबले वडा नंं १० लाई बाल विवाहमुक्त वडा घोषणा गर्नमा महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।
त्यसैगरि विशिष्ट अतिथि महिला शाखाका प्रमुख शोभा शाहले बाल क्लबले नेपालगन्जको पहिलो वडा नं.१० लाई बाल विवाह मुक्त बनाउन महत्वपूर्ण भुमिका खेलेका बाल क्लबका पदाधिकारीहरुलाई शुभकामना ब्यक्त गर्नुभयो साथै समाजमा सचेतनामुलक कार्यक्रम सन्चालन गर्नु पर्नेमा जोड दिनुभयो ।
सो कार्यक्रममा अन्य अतिथिमा वडा सदस्य नरबहादुर विष्ट, महिला अधिकृत पवित्रा पुरी, नेपालगन्ज उपमहानगरपालिका वडा स्तरीय बाल संजाल १० को संस्थापक अध्यक्ष एवं बालअधिकारकर्मी ऋतिक शाही, बालअधिकारकर्मी अन्जना चतुर्बेदी, देवा बहादुरी छेत्री, आशा मिश्रा लगायत बालक्लबको पादधिकारीको सहभागिता रहेको थियो ।
सो कार्यक्रम नेपालगन्ज उपमहानगरपालिका वडा स्तरीय बाल संजाल १० को अध्यक्ष आदित्य सिहं थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । आजै दोस्रो अधिवेशनले नयाँ कार्य समिति पनि चयन गरेको छ ।
नव निर्वाचित कार्य समितिमा अध्यक्षमा बर्षा राना, उपाध्यक्षमा जेस्मीन अली, कृष्ण विस्वकर्मा, सचिवमा नेन्सी शाह, सह–सचिवमा मोहम्मद फैदल शेष, कोषाध्यक्षमा शारदा शाहु, सदस्यहरुमा अदिती पाण्डे,स्वेता कनोजिया, प्रतिक्षा मिश्रा, कृति चौलागाई, राहुल शाहु, सुधान्सु मिश्रा र अल्फिया मेकरानी सर्व सम्मतबाट चयन भएका छन् । निवर्तमान कार्यसमितिका पदाधिकारीलाई कदर पत्रले सम्मान गरिएको थियो





