शुक्रबार १०१ जनामा कोरोना पुष्टि

COVID-19 Update

काठमाडौं । नेपालमा शुक्रबार कोरोना भाइरसका १०१ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर परीक्षणका क्रममा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभरका २७ वटा प्रयोगशालामा ४ हजार ६ सय ८८ जनामा गरिएको पिसिआर परीक्षण गरिएको थियो ।

अब कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ गेको छ । कोरोना निको भएर शुक्रबार दुई सय ८५ जना घर फर्किएका छन् ।

अहिलेसम्म कोरोना निको हुनेको संख्या ११ हजार पाँच सय ३४ पुगेको छ ।

अहिलेसम्म कोरोनाबाट नेपालमा ४० जनाको मृत्यु भएको छ।

Previous articleकुकुर मारेको आरोपमा एक युवक पक्राउ
Next articleबाँकेमा घर फर्किनेकाे संख्या बढ्दै, १० वटा आईशाेलेशन सेन्टर बन्द

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here