बाँकेमा पाटे बाघको आक्रमणबाट एकको मृत्यु

file photo

कुसुम । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभरमा बाघले मान्छे खाएको छ ।

गाभरस्थित भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षीय ब्यक्तिलाई पाटे बाघले खाएको इलाका प्रहरी कार्यालय कोहपुरका डिएसपी रविन्द्र खनालले बताउनुभयो ।

आइतबार बेलुकीदेखि हराईरहेका उनको खोजी गर्दा सोमबार बिहान आधा शरीर खाएको अवस्था शव भेटिएको छ । केही समयदेखि होटलमा मजदुरी गर्दै आएका मृतकको ठेगाना भने खुल्न सकेको छैन ।

मृतकको शव पूर्वपश्चिम राजमार्गबाट करिव ५ सय मिटर उत्तरतर्फ निकुञ्ज भित्रको जंगलमा भेटिएको डिएसपी खनालले बताउनुभयो ।

डिएसपी खनालका अनुसार बाघले मृतकको आधा शरीर खाइसकेको छ ।

Previous articleनरैनापुर ६ र जानकी ५ बाल विवाह मुक्त वडा घोषणा
Next articleप्रेस स्वतन्त्रता सेनानी स्व.गुप्तको ९३ औं जन्म जयन्ती, जीवनबारे चर्चा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here