
नेपालगञ्ज । नेपालगञ्जबाट प्रहरीले ग्राम लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–७ का २८ वर्षीय रोमन भनिने सलमान राई र त्रिबेणी गाउँपालिका–१ रुकुमका २८ बर्षकै सम्राट खत्रीलाई प्रहरीले नेपालगन्जबाट पक्राउ गरेको हो ।
उनीहरुको गतिविधि शंकास्पद पाइएपछि चेकजाँच गर्दा प्रतिबन्धित लागु औषध बरामद भएको प्रहरीले जनाएको छ । साना तिना प्रयोगकर्ताहरुलाई पक्राउ गरेपनि ठूला कारोवारीहरुलाई भने प्रहरीले समात्न सकेको छैन् ।
साना प्रयोगकर्ताहरुका पछाडी घुमुवाहरु खटाउने प्रहरीले ठूलो कारोवारीहरुलाई भने मिलेमत्तोमा छाड्ने गरेको गुनासो छ ।
व्यूरोले नाकामा सेटिङ मिलाएर ठूला कारोवारी र प्रयोगकर्ताहरुलाई निर्वाध छाड्ने गरेको छ । डिलरवालालाई नै सुराकी बनाएको व्यूरोले त्यहीबाट मोटो रकम असुल्ने गरेको छ । सेटिंग नमिलेपछि पक्राउ पर्ने गरेको बताईन्छ ।





