ढाई लाख बराबरको अबैध सामान बरामद

नेपालगञ्ज । प्रहरीले अबैध सामान सामान गरेको छ । भाद्र २७ गते जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० बाट उक्त अबैध सामान बरामद गरेको हो ।

भन्सार छली गरी ल्याएको खसी, वेवारिसे अवस्थामा रहेको लत्ता कपडा (कुर्ता सुरुवाल), सुपारी, चिनी, गाडी मोटरको पार्ट पुर्जा, सिसाको गिलास लगायतका विभिन्न सामान रहेको छ ।

बरामद सामान दुई लाख ४६ हजार ४ सय ४० रुपैया बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाएको प्रहरीले जनाएको छ ।

Previous articleफुल्टेक्रा र बसुदेवपुरमा आँखा शिविर, ४२ जनामा मोतियाबिन्दु
Next articleमहिनावारी स्वच्छता व्यवस्थापनबारे जनता नमुना माबिमा अभिमुखिकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here