
खजुरा । बाँकेको खजुरा गाउँपालिका वडा नं ३ स्थित जनता नमुना माध्यमिक बिद्यालय सन्तकुटीमा किशोरीहरुका लागि बिद्यालयस्तरमा महिनावारी र यसको व्यवस्थापन बारे अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) बाँकेको आयोजनामा बिद्यालयस्तरमा महिनावारी र यसको व्यवस्थापन बारे एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
खजुरा गाउँपालिकाको समन्वय सहकार्यमा पालिकामा संचालित सिकाई परियोजना अन्र्तगत बिद्यालयका किशोरीहरुका लागि सो अभिमुखिकरण गरिएको जनाइएको छ । अभिमुखिकरणलाई खजुरा गाउँपालिका स्वास्थ्य शाखाका उपप्रमुख टेकमाया गुरुङ्गले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा महिनावारी, सामाजिक धारणा, अवस्था, चरण, स्वच्छता व्यवस्थापन लगायतका बिषयमा किशोरीहरुलाई जानकारी प्रदान गरिएको छ । अभिमुखिकरणमा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र बहादुर मल्ल, बिद्यालयका प्रधानाध्यापक महेन्द्र खत्री, लैंङ्गिक प्रशिक्षक निर्मण गुरुङ्ग लगायतले बालबालिकाहरुको क्षमता बृद्धि हुने कार्यहरुका बारेमा बोल्नुभएको थियो ।
अभिमुखिकरण कार्यक्रममा बिद्यालयको ९ र १० कक्षामा अध्ययनरत किशोरीहरुको सहभागिता रहेको परियोजनाका सुपरभाईजर रज्जब अलि बागवानले जानकारी दिनुभयो ।





