सशस्त्र प्रहरीद्धारा दुलर्भ वन्यजन्तुको सालक सहित एकजना पक्राउ

नेपालगञ्ज । दुर्लभ वन्यजन्तु सालकको खपेटासहित नेपालगन्जको जयसपुरबाट सोमबार एक जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हे.क्वा बागेश्वरीबाट खटिएको टोलीले एक किलो चार सय ग्राम तौलसहित बर्दिया बारबर्दिया नगरपालिका–१ बनगईका २४ वर्षीय नहकुल थापामगरलाई पक्राउ गरिएको उक्त गणका गण्पती सशस्त्र प्रहरी उपरीक्षक अशोक कुमार बमले जानकारी दिनुभयो ।

उक्त सालक भारत तस्करी गर्ने क्रममा सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद गरिएको सालक र पक्राउ व्यक्तिलाई डिभिजन वन कार्यालय नेपालगन्जको जिम्मा लगाइएको सशस्त्र प्रहरी उपरीक्षक बमले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीका सहयाक निरीक्षक गोविन्द बिहारी शुक्लाको पहलमा बरामद भएको सालकबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी उपरीक्षक बमले बताउनुभयो ।

Previous articleमहिनावारी स्वच्छता व्यवस्थापनबारे जनता नमुना माबिमा अभिमुखिकरण
Next articleमानव बेचबिखनबाट पीडित तथा प्रभावितहरुको सहयोगका लागि वार्षिक समिक्षा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here