मानव बेचबिखनबाट पीडित तथा प्रभावितहरुको सहयोगका लागि वार्षिक समिक्षा

कोहलपुर । बाँकेको कोहलपुरमा मानव बेचबिखनबाट पीडित तथा प्रभावितहरुको सहयोगका लागि वार्षिक समिक्षा सम्पन्न भएको छ ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति कोहलपुर नगरपालिकाको आयोजना तथा यूएसआईडी, माईती नेपाल, यूकेआईडी र विनरक ईन्टरनेशनल नेपालसँगको सहयोगमा मानव बेचबिखनबाट पीडित तथा प्रभावितहरुको सहयोगका लागि वार्षिक सार्वजनिक छलफल कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा बोल्दै कोहलपुर नगर प्रमुख लुट बहादुर रावतले मानब बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि कार्यविधि निर्माण तथा पास गरी कार्यान्वयन भई रहेको बताउनुभएको छ ।

उहाँले पालिका स्तरीय संरचना निर्माण तथा पालिका एवम् वडा स्तरीय कार्ययोजना निर्माण भएर कार्यान्वयन आएको बताउँदै वडा स्तरीय मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिहरु गठन भई विभिन्न कामहरु ग्रिरहेको पनि बताउनुभयो ।

साथै उहाँले उद्धार एवम् प्रभावतको सामाजिक पुनःएकिकरण सम्बन्धि आन्तरिक रुपमा जोखिम एवम् शोषणमा परेका वा रहेकाहरुको उद्धार कार्य भईरहेको समेत बताउनुभयो ।

उहाँले कोहलपुर नगर मानव बेचबिखनको उच्च जोखिममा रहेकाले न्यूनिकरणका लागि विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा कामहरु गरिरहेको समेत बताउनुभयो ।

कार्यक्रममा बोल्दै कोहलपुर नगर कार्यपालिका सदस्य भिम बहादुर नेपालीले महिला तथा बालबालिका क्षेत्रका काम गर्नका लागि आवश्यक बजेट छुट्याइएको बताउनुभयो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख रिना थापाले बजेट अभावका कारण बालबालिकाहरुको क्षेत्रमा कतिपय कामहरु गर्न नसकेको बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रबिन्द्र खनालले प्रहरीले बेचबिखनमा परेका महिला तथा बालबालिकाहरुको खोजी अभियान नै चलाएर केहि काम गरिएको बताउँदै बालबालिका तथा महिलाको उद्दारका लागि प्रहरीलाई सबैले साथ र सहयोग गर्न अनुरोध समेत गर्नुभयो ।

यूवा दृष्टि नेपालका अध्यक्ष यूवराज पोख्रेलले महिला, बालक्लब, किशोरी क्लबलाई आवश्यक बजेटको व्यवस्था स्थानीय सरकारले गर्न नसक्दा कतिपय कामहरु प्रभावकारी हनु नसकेको धारणा राख्नुभयो ।

कार्यक्रमलाई माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

माइती नेपालको तथ्याँक अनुसार कोहलपुर नगरपालिका मानव बेचबिखनको उच्च जोखिम भएको पालिका देखिएको छ ।

Previous articleसशस्त्र प्रहरीद्धारा दुलर्भ वन्यजन्तुको सालक सहित एकजना पक्राउ
Next articleबाँकेको जानकी जिल्लाकै पहिलो बाल विवाह मुक्त पालिका घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here