वन्यजन्तु ओसार पसार मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ९ का दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले ४४ वर्षीय मनिराम थारु र ४३ वर्षीय धनिराम थारुलाई वन्यजन्तु ओसार पसार मुद्दामा पक्राउ गरेको हो । प्रहरी टोलीले उनीहरलाई बिहीबार पक्राउ गरेको जनाएको छ ।

थारुद्धयलाई जिल्ला अदालतले २०७३ असार १२ गतेको फैसलाले ११ महिना १० दिन कैद सजाय तोकिएकोमा निज हालसम्म फरार रहेका थिए । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत बाँकेमा बुझाईएको छ ।

Previous articleन्यूनतम ५० प्रतिसत स्वास्थ्य मापदण्ड पुरा गर्ने बैजनाथको प्रतिवद्धता
Next articleनेपालगञ्जमा बजार अनुगमन, एक व्यवसायीलाई बीस हजार जरिवाना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here