नेपालगञ्जमा बजार अनुगमन, एक व्यवसायीलाई बीस हजार जरिवाना

नेपालगञ्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जले बुधबार कोहलपुर र बिहिबार नेपालगंजका बिभिन्न पसलहरुमा गरेको अनुगमनका क्रमममा अनुचित व्यापारिक क्रियाकलाप गर्ने एक पसललाई तत्काल बीस हजार रुपैयाँ जरिवाना गरेको छ ।

त्यसैगरी लेवल नलगाइएका करिब पाँच सय बोरा चामल फिर्ता गर्न व्यवसायीलाई निर्देशन दिइएको र खान अयोग्य एवं उपभोग्य म्याद समाप्त भएका करिब ६ हजार ५ सय मुल्य बराबरको खाद्य सामग्री नष्ट गरिएको छ ।

अनुगमनका कर्ममा पसलहरुमा मुल्य सुची नियमित रुपमा अद्यावधिक गर्न, उपभोक्ता झुक्याउने काम नगर्न र लेवल नभएका सामग्री खरिद बिक्रि नगर्न एवं बिल बिजक राख्न निर्देशन दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिनुभयो ।

बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्याल, सोहि कार्यालयका सुचना अधिकारी देवीलाल चौलागाई, जिल्ला प्रशासन कर्यालयका वेदेश्वर गौतम, गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख योगेन्द्र प्रसाद पौड्याल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका नेत्रा बोगटी, नेपालगंज उपमहानगरपालिकाका प्रविण राना, अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मंचका केन्द्रिय सदस्य वसन्त गौतम अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मंचका केन्द्रिय सदस्य वसन्त गौतम, कोहलपुर नगरपालिकाका बिर बहादुर बिक, नेपालगंज उद्योग वाणिज्य संघका भिम बहादुर रानाभाट, कोहलपुर उद्योग वाणिज्य संघका सिता कार्की, वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी सहायक निरीक्षक सन्त बहादुर गुरुङ, पत्रकार सुवाकर बिक लगायतको सहभागिता रहेको थियो ।

Previous articleवन्यजन्तु ओसार पसार मुद्दाका फरार प्रतिवादी पक्राउ
Next article७२६ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गरिँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here