
नेपालगन्ज । बाँकेको क्रियाशील सदस्यता विवाद टुंगिएको छ ।
शनिबार बाँकेको क्रियाशील सदस्यता विवाद समाधान भएको युवा नेता पूर्ण आचार्यले बताउनुभयो । क्षेत्र नम्बर १ का केही वडाहरुमा सदस्यताका विषयमा रहेको विवादका कारण अधिवेशन नै अनिश्चित बनेको थियो ।
विवाद टुंगिएसंगै निर्वाचन समितिले निर्णय गरेर छिट्टै वडा र पालिका अधिवेशनको मिति तोक्नेछ । कांग्रेसले दसैं अघि सबै जिल्लामा वडा र पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । विवादका कारण बाँकेसहित १३ जिल्लामा अधिवेशन सुरु नै हुन सकेको छैन ।





