
नेपालगञ्ज । प्याब्सन नेपालगंज र लायन्स क्लब नेपालगंज न्युरोड चेस टुर्नामेंटको मदन वली च्याम्पीयन हुन सफल हुनुभएको छ ।
योसँगै वली २ पटक बाँके चेस च्याम्पीयन हुनु भएको छ । कुल ३० जना खेलाडीले नाम इन्ट्री गराएको बाँके जिल्ला स्तरिय खुल्ला चेस प्रतियोगितामा बाँकेमा नयाँ तर अब्बल चेस खेलाडी रोशन श्रेष्ठ दोश्रो, कमल पोखरी स्कुल राझाँका १२ वर्षीय अनुपजंग शाह तेश्रो, केशर वली चौथो र नेपालगंज मोडेल एकेडेमीका सुभाष शाह पाँचौ स्थान प्राप्त हुन सफल हुनुभएको छ ।
यस्तै भेरी अस्पतालका कर्ण रोकाया अनरेटेड फस्ट हुँदै गर्दा कमल पोखरी स्कुलकै सविर रोका विद्यार्थीतर्फ प्रथम रनेपालगंज मोडेल एकेडेमीकै श्रृष्टी शाह महिला तर्फ उत्कृष्ट हुन सफल हुनुभयो ।
८ जना फिडे रेटेड खेलाडी सहभागी उक्त प्रतियोगिता नेपालगंज प्याब्सन र लायन्स क्लब नेपालगंज न्युरोड शाखाद्वारा संयुक्त रुपमा आयोजीत गरिएको थियो ।
प्रतियोगिताको उदघाटन प्याब्सन नेपालगंजका उपाध्यक्ष नरेन्द्र श्रेष्ठको सभापतित्व तथा प्याब्सन र लायन्स दुबैका सचिव मान बहादुर थापाको उपस्थितीमा भएको थियो भने समापन तथा नगद पुरस्कार वितरण नेपालगंज मोडेल एकेडेमीका प्रिन्सीपल विज्ञान शाहले गर्नु भएको थियो ।





