रुकुमपूर्व : सबै स्थानीय तहमा सर्वसम्मत

रुकुम पूर्व । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत रुकुमपूर्वमा सम्पन्न स्थानीय तह अधिवेशमा सबै तहमा सर्वसम्मतबाट नेतृत्व चयन भएको छ।

शनिबार भएको अधिवेशनले सहमतिबाटै गाउँ कार्यसमितिको नेतृत्व चयन गरेको हो ।

सिस्ने गाउँपालिकामा मदन बिसीको सभापतिमा पुनः निर्वाचित भएका छन् । यसैगरी भूमे गाउँपालिकामा पनि दिनेश रोका पनि पुनः सभापतिमा निर्वाचित भएको तरुण विभाग लुम्बिनी प्रदेशका इञ्चार्ज नन्दबहादुर विष्टले जानकारी दिनुभयो ।

यस्तै‚ पुथाउत्तरगंगा गाउँ कार्यसमितिको सभापतिमा सतस बुढा निर्वाचित हुनुभएको छ ।

Previous article३३ किलो सुन तस्करी मुद्दा : अन्तिम बहस आज सुरु हुँदै
Next articleमुक्तिनाथ मन्दिर आजदेखि सर्वसाधरणका लागि खुला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here