कोहलपुरमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

कोहलपुर । बाँकेको कोहलपुृर नगरपालिका वडा नं ३ मा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार वडा नं ३ स्थित भगरियाकी ३५ वर्षीया लक्ष्मीरुपा न्यौपानेको श्रीमानको कुटाईबाट शनिबार साँझ अस्पतालमा मृत्यु भएको हो ।

श्रीमान प्रकाश न्यौपानेले कुटेर नालामा धकेलेको र गम्भीर घाइते लक्ष्मी रुपाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब निरिक्षक रबिन्द्र खनालले बताउनुभयो ।

लक्ष्मीका श्रीमान प्रकाश जडिह्या भएको र पटक पटक उनले यसरी नै श्रीमतीलाई कुटपिट गर्दै आएका थिए । लक्ष्मीरुपालाई शुक्रबार कुटेर नालामा फालेका थिए । श्रीमान प्रकाशलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Previous articleहराउँदै, कोठीमा बेचिँदै
Next articleपूर्व प्रधानपन्च शाहको ९२ औं जन्मदिन मनाइयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here