पहिलो पटक सुरक्षाकर्मी र कर्मचारी संक्रमित, नगरका आकास्मिक बाहेकका सेवा तीन दिन बन्द

बर्दिया । जिल्लामा पहिलो पटक सुरक्षाकर्मी र निजामति कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।

शनिबार कोरोना संक्रमण पुष्टि भएका दश जनामध्ये दुई जना सुरक्षाकर्मी र एक जना नगरपालिकाको निजामति कर्मचारीमा कोरोनाको संक्रमण देखिएको ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र राजबंशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसबाहेक क्वारेन्टिनमा बसेका चार जना र तीन जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ ।

जिल्लामै पहिलो पटक सुरक्षाकर्मी र कर्मचारीमा कोरोना देखिएको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृष्ण गोपाल चौधरीले बताउनुभयो ।

यसअघि जिल्लामा स्वास्थ्यकर्मी र सवारी चालकमा कोरोना पुष्टि भइसकेको छ ।

यसैबीच एकै दिन दश जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको आकस्मिक बैठकबाट नगरपालिका कार्यालय र ९ वटै वडा कार्यालयबाट हुने आकस्मिक बाहेक सबै सेवा तीन दिनका लागि बन्द गरिएको छ ।

#कोरोना #बर्दिया

Previous articleजिल्लामै पहिलो पटक सामुदायिक बिद्यालयमा भेन्डिङ्ग मेसिन जडान
Next articleकांग्रेस महिला विभागमा ६८ जना चयन, बाँकेबाट संगिता चौधरी मनोनित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here