
नेपालगञ्ज । लेनदेन मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन् । प्रहरीले बाँकेको जानकी गाँउपालिका वडा नं १ का ३७ वर्षीय तिलक राम अहिरलाई पक्राउ गरेको हो ।
अहिरमाथि बाँके जिल्ला अदालतले लेनदेन मुद्दामा सजाय तोकेको छ । जिल्ला अदालतको २०७६ जेष्ठ १५ गतेको फैसलाले ६ महिना कैद र तिन लाख पचास हजार जरिवाना तोकिएको थियो ।
हालसम्म फरार रहेका अहिरलाई आइतबार पक्राउ गरि अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।





