गत २४ घण्टाभित्र कर्णाालीका ११ जनामा कोरोना पुष्टि

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल प्रयोगशाला र बाँकेस्थित भेरी अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार थप ११ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकामध्ये सुर्खेतका चार, सल्यानका तीन, दैलेखका एक, कालीकोट र हुम्लाका एक÷एक जना रहेका छन् ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ४९ पुगेको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

यस्तै, प्रदेशभरि सोमबार थप ८ जना डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १५ हजार १९ पुगेको छ भने ६ जनाको मृत्यु भएको छ ।

Previous articleधम्क्याएर बलात्कार गर्ने पक्राउ
Next article‘मेकानिक चाँदबाबु’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here