‘मेकानिक चाँदबाबु’

मेकानिक चाँचदबाबु, काम गर्ने पसलमा

बाँके । नेपालगञ्जका चाँद बाबु नाउँ सायद अहिले लागु औषधमा फसेका हुन्थे । उनले सही समयमा सही कामको छनौट वा सही बाटो पहिल्याउन नसकेको भए यस्तै बाटोमा अहिले भौतारिएका हुन्थे ।

उनी आफैलाई कहिले काँही संगैका साथीभाईको अवस्था हेरेर आफु सहि ठाउँमा रहेको महसूस हुन्छ । किनकी उनीसंगै रहने साथीभाई अहिले सही बाटोमा छैन्न, बेकामे छन् । चाँदबाबु भन्छन्, ‘साथीहरु भन्दा त म सहि लाईनमा लागेको रहेछु ।’

नेपालगञ्ज वडा नं–१४ स्थित कल्लुपुर्वा चाँदबाबुको गाउँ हो । ठुलो परिवार, स्थिति भने नाजुक । यही नाजुक स्थितिको सामाना गरिरहेका छन् उनी । ४ कक्षा मात्रै पढ्ने अवसर पाएका उनले घरको अवस्थाले गर्दा माथिल्लो कक्षा पढ्न पाएनन् ।

परिवारको बोझका कारण धेरै पढ्न नपाएको उनी बताउँछन् । ‘घरको अवस्थाले पढ्न पाएन’, उनी भन्छन्, ‘अहिलेको वातावरण हेर्दा पढेको भए अझ राम्रो हुन्थ्यो जस्तो हुन्छ ।’ अहिले उनी नेपालगञ्जमा रहेको एक मोटरसाईकल मर्मत गर्ने पसलमा काम गर्छन ।

गाउँघरमा चाँदबाबुको नामले बोलाउने गरेको भएपनि काम गर्ने पसलमा सब्ले ‘मिस्त्री (मेकानिक) चाँदबाबु’ का नामले बोलाउँछन् । आफ्ना साथीभाइसंगै लागेको भए, यो नाम पाउन सक्दैनथे होला, यसमा उनी बिश्वस्त छन् ।

नेपालगञ्जस्थित सामाजिक बिकास मंच बाँकेले तीन सय ९० घण्टाको मोटरसाईकल मर्मत गर्ने अवसर जुराईदिएपछि सही बाटो पहिल्याउन सहज भएको उनी बताउँछन् । तालिम लिनेबित्तिकै काम गर्ने अवसर पनि उनले तत्कलै पाए, जसले गर्दा चर चलाउन सहज भयो ।

उनको ११ सदस्यीय परिवार छ । घर संचालन गर्नका लागि उनको कमले गाह्रो नभएपनि पहिलेको अवस्थाभन्दा अहिले सहज बनेको छ ।

चाँचदबाबुले काम गर्ने पसलमै पुगेर उनको अवस्थाबारे अनुगमन गर्दै सरोकारवाला

‘काम गर्न थालेको केही महिनामै कोरोना भाइरसको महामारी फैलिएपछि काम गर्ने पसल बन्द हुँदा उनलाई घर चलाउन गाह्रो भएको थियो’ उनी भन्छन्, ‘लकडाउनमा काम गर्ने पसल बन्द भयो, पाउँदै आएको तलब नपाएपछि घरको भान्सा संचालनमा पनि समस्या भयो ।’

यही अवस्थालाई मध्यनजर गर्दै तालिम तथा रोजगार दिलाउने संस्था एसडिएफ बाँकेले दश हजार सहयोग गरेको पैसाले भान्सा चलाउन सहज भएको उनले बताए । पसलकै भर पर्न नपरोस भन्नका लागि संस्थाले उनलाई मोटरसाईकल मर्मत गर्ने पाटपुर्जा (सामाग्री किट) समेत उपलब्ध गराएको छ ।

किटको सहयताले चाँदबाबुलाई पसल बाहेकको समयमा मोटरसाईकल मर्मत गर्न सघाएको छ । पसलबाहेकको समयमा मोटरसाईकल मर्मत गेर आउने दुई/चार रुपैयाले झैन सजिलो भएको उनी बताउँछन् । नेपालगञ्ज बीपी चोक नजिकै रहेको एक पसलमा पसलमा उनी काम गर्छन । त्यो बापत उनले मासिक पन्ध्र हजार पाउने गरेका छन् । २१ वर्षीय चाँदबाबुले आफुले गरिरहेको कामबाट सन्तुष्ट छन् ।

जिल्लामा एसडिएफले यस्ता कैँयौं युवाहरुलाई बिभिन्न तालिममार्फत आत्र्मनिर्भर बन्न सहयोग पुर्याएको छ । सेफ द चिल्ड्रेनको सहयोगमा युवा शशक्तिकरण, बुलगारी परियोजनामार्फत लघु उद्यम तथा शिक्षा क्षेत्रमा सहयोग गरिरहेको छ ।

Previous articleगत २४ घण्टाभित्र कर्णाालीका ११ जनामा कोरोना पुष्टि
Next articleएकै घरका दुई जना फर्कंदै, दश आइशोलेशन सेन्टर बन्द

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here