
बाँके । मंगलबार बाँकेका दुई जना संक्रमित सक्रमणको अवस्था शून्य भएर घर फर्किन लागेका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको आइशोलेशनबाट फर्किन लागेका हुन ।
फर्किनेहरुमा नेपालगञ्ज उपमहानगरपालिका वडा न–१४ का २२ र ४५ वर्षीया महिला रहेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उनीहरु दुबै जना एकै घरका हुन । जिल्लामा ३ सय ६८ जना घर फर्किएपछि १० वटा आइशोलेशन सेन्टर खाली भएको छ ।





