बर्दियामा हत्या मुद्दाका फरार १२ वर्षपछि पक्राउ

गुलरिया । बर्दियामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले बारबर्दिया नगरपालिका वडा नम्बर ७ का राम बिहारी भन्ने बिहारी थारूलाई पक्राउ गरेको हो ।

उनलाई प्रहरीले आइतबार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ काँरकाँदोबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

उनीमाथि गुलरिया नगरपालिका वडा नम्बर २ गुजराना बस्ने घिरउ गोडियाको हत्या आरोप छ । १२ वर्षअघि २०६६ साल पुस १५ गते राति सुतिरहेका गोडियामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप थियो ।

उनी सो घटनापछि फरार भएका थिए । उनी घटनापछि फरार भई दाङ तथा नेपालगञ्जमा घर बनाउने मिस्त्रीको रूपमा काम गर्दै बसेका थिए ।

Previous articleपत्रकारमाथि दुव्र्यवहार गर्ने असइ चौधरीले गल्ती स्वकारे
Next articleकालिका प्रा.वि.को भवन शिलान्यास, एक दर्जन बढि व्यक्ति सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here