
नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका-४ स्थित कालिका प्राथमिक विद्यालय ठूलो खजुराको आयोजनामा सोमबार शिलान्यास तथा सम्मान कार्यक्रम गरिएको छ ।
विद्यालय स्थापना २०६५ सालमा भएपनि हालसम्म भवन निर्माणको शिलान्यास गर्न नसक्दा विद्यालय व्यवस्थापन समितिले विद्यालय भवनको शिलान्यास र सम्मान कार्यक्रमको आयोजना गरिएको हो ।
विद्यालयको पुरानो २ कोठे भवन निर्माण कार्य जिल्ला समन्वय समिति बाँकेको सहयोगमा र २ कोठे भवन निर्माण कार्य जाइका नामक संस्थाको सहयोगमा कालिका प्राथमिक विद्यालय ठूलो खजुरामा भवन निर्माण गरिएको थियो ।
विद्यालयका प्र.अ. कबिता पौडेलले क्याण्डिल बालेर कार्यक्रमको उदघाटन गर्नुभएकाे थियाे भने प्रमुख अतिथि जानकी गाउँपालिका का.ब. अध्यक्ष भुमिसरा धितालले शिलालेख पढेर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथी जानकी गापा शिक्षा शाखाका प्रतिनिधि अयोध्या प्रसाद यादव, नेकपा एमाले प्रदेश समिती सदस्य एवं सचिवालय सद्स्य पदम धिताल रहनु भएकाे थियाे । उहाँले बालबालिकाको उज्ज्वल भविष्यको लागि शैक्षिक स्तरलाई अझै बलियो बनाउन विद्यालय स्थापना असल कार्य भएकाे नेता धितालले बताउनुभयाे ।
कार्यक्रममा बोल्दै विद्यालयलाई व्यवस्थित बनाउन र सरसफाइका ध्यान दिनुपर्ने जानकी गापा ४ का वडा अध्यक्ष विश्राम वर्माले जोड दिनुभयाे ।
विद्यालयको पूर्वाधार निर्माण भएसँगै त्यस क्षेत्रका विद्यार्थीहरुको शैक्षिक स्तर बढ्ने विश्वास व्यक्त गर्नुभयो र शिक्षामा लगानी गर्दा सयौं वर्षसम्म पनि प्रतिफल पाइरहने भएकाले जग्गादाता र सहयोगी संस्था प्रती पुर्ब प्र.अ.संस्थापक मीना नाथले हार्दिक आभार व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रममा खोजखबर अनलाइनका संवाददाता ताहिर शेष (साहिल) लगायत पत्रकार लगायत विद्यालय स्थापना गर्न अहम भुमिका निभाएका एक दर्जन बढि व्यक्तिलाई सम्मान गरिएकाे थियाे ।
कार्यक्रमको अन्तमा शिक्षाको गुणस्तर खोज्ने तर विद्यालयमा शिक्षकको अभाव रहेको बालबिकास शिक्षिका मीना कुमारी थापाले भन्नू भयो । उहाँले कार्यक्रमको संचालन समेत गर्नुभयाे ।
सोही भवनको साेमबार एक कार्यक्रम विच विद्यालयको समस्या समाधान गर्न गापा काब प्रमुखलाई आग्रह गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश लोनियाले भवनको शिलान्यास कार्य समापन गरेका थिए भने करीब सय बढी अभिभावक र विद्यार्थीको उपस्थित रहेको थियो ।





