फेसबुक लगायतका एप्स नचलेपछि जुकरबर्गले गुमाए ६ अर्ब बढि डलर

फेसबुकका सिइओ मार्क जुकरबर्गले ६ अर्ब भन्दा बढी डलर गुमाएका छन् । सोमबार राति संसारभरिका सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुक चलाउन पाएनन् । फेसबुकसँगै अरु  सामाजिक सञ्जाल जस्तै इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर र ओकुलसले काम गर्न छाडेका थिए ।

यो क्रम लगभग छ घन्टा चल्यो । झन्डै ६ घन्टापछि फेसबुकले प्राविधिक समस्या समाधान भएको र आफ्ना सबै सामाजिक सञ्जाल साइट÷एपले काम गर्न थालेको जनाएको छ ।

फेसबुकसहितका साइट बन्द भएर फेरि सुरू हुँदासम्म फेसबुकका सिइओ मार्क जुकरबर्गले भने ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाएका छन् ।

ब्लुमबर्गका अनुसार सोमबार फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ। मध्य सेप्टेम्बरयता मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओह्रालो लागेको छ ।

सेयरको मूल्य घटेसँगै जुकरबर्गको सम्पत्ति पनि घटेको छ । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्समा उनी पाँचौं नम्बरमा झरेका छन् । यसअघि उनीभन्दा पछि रहेका बिल गेट्सले जुकरबर्गलाई पछि पारेका छन् ।  

Previous articleकालिका प्रा.वि.को भवन शिलान्यास, एक दर्जन बढि व्यक्ति सम्मानित
Next articleबाँके प्रहरीको प्रगति विवरण सार्वजनिक, २ करोड बढि राजश्व संकलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here