बाँके प्रहरीको प्रगति विवरण सार्वजनिक, २ करोड बढि राजश्व संकलन

नेपालगञ्ज । बाँके प्रहरीले तीन महिनाको प्रगति विवरण प्रस्तुत गरेको छ । जिल्ला प्रहरी कार्यालयले मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी प्रगति विवरण प्रस्तुत गरेको छ ।

बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले असार १८ गतेदेखि असोज १८ गतेसम्मको प्रगति विवरण प्रस्तुत गर्नुभएको हो । प्रस्तुत विवरण अनुसार जिल्लामा तीन महिनाको अवधीमा एक हजार पाँच सय ५० जनालाई सेवा दिइएको छ ।

यस्तै यो अवधिमा २ सय ३७ मुद्दा दर्ता भएका छन् । एसपी अधिकारीले अघिल्लो वर्षको यो अवधि भन्दा पक्राउ पर्नेको संख्या भने दोब्बरले बढेको छ ।

अघिल्लो वर्ष २ सय ६३ जना पक्राउ परेकोमा यो अवधिमा अहिले ३६५ जना पक्राउ परेका छन् । यस्तै फैसला कार्यान्वयनलाई पनि प्रभावकारी ढंगबाट अगाडि लगिएको उहाँको भनाइ छ ।

गत वर्ष ३ सय १२ जना पक्राउ परेका थिए भने त्यही अवधिमा अहिले ९ जनामात्रै पक्राउ परेका छन् । गत वर्ष २२ वर्ष ६ महिना ११ दिन कैद असुल उपर गर्दै ६ लाख ५० हजार जरिवाना उठाएको थियो भने अहिले १४ वर्ष ८ महिना ११ दिन कैद असुल हुँदै ११ लाख ७५ हजार जरिवाना असुल भएको जनाएको छ ।

यो अवधिमा २ करोड ७८ लाखको राजश्व संकलन भएको छ । यस्तै डिएसपी मधुसुदन न्यौपानेले भारतबाट भन्सार छलिका अवैध सामान बरामदबाट राजश्व असुली भएको जानकारी दिनुभयोे ।

Previous articleफेसबुक लगायतका एप्स नचलेपछि जुकरबर्गले गुमाए ६ अर्ब बढि डलर
Next articleमानव बेचबिखन बिरुद्ध अभिमुखिकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here