
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं ७ स्थित नेपाल राष्ट्रिय आधारभूत बिद्यालयमा मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध जानकारी प्रदान गरिएको छ ।
वडा नं ७ र वडामै रहेको मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण स्थानीय समितिको आयोजना, बिद्यालयको अगुवाई र माइती नेपालको प्राविधिक समन्वय सहकार्यमा एक दिने अभिमुखिकरण कार्यक्रममार्फत बिद्यार्थीहरुलाई जानकारी प्रदान गरिएको हो ।
कार्यक्रममार्फत बिद्यार्थीहरुलाई पछिल्लो समय बिभिन्न बिलाशिताको बस्तुहरुमार्फत हुनसक्ने जोखिम, सामाजिक संजालको प्रयोगबाट आउन सक्ने जोखिम र फस्न सक्ने सम्भावना तथा मानव बेचबिखन भनेको के हो ? कसरी हुन सक्छ ? किन गरिन्छ ? र कानूनहरु के के छन सोको बारेमा जानकारी प्रदान गरिएको छ ।
अभिमुखिकरण कार्यक्रमलाई कोहलपुर वडा नं ७ की सचिव एव समितिका सदस्य सचिव र माइती नेपालका फिल्ड संयोजक पुष्पा सुनारले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा समितिका सदस्य, बिद्यालयका शिक्षक र बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।





