बेसद्धारा राप्ती सोनारीलाई स्वास्थ्य सामाग्री प्रदान

बाँके । कोभिड–१९ को रोकथाम र सुरक्षाका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकालाई निःशुल्क स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

लुथरन वल्र्ड रिलिफको सहयोगमा व्याकवार्ड सोसाईटी एजुकेशन (बेस)ले कोभिड सुरक्षाका लागि ६ लाख ५२ हजार बराबरको आवश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

बेसका कार्यकारी निर्देशक चूर्णबहादुर चौधरीले सोमबार गाउँपालिकाको कार्यालयमा पुगेर गाउँपालिका प्रमुख लाहुराम थारुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । गाउँपालिकाको आवश्यक्ता र माग अनुसार नै स्वास्थ्य सामाग्री प्रदान गरिएको बेसका कार्यकारी निर्देशक चौधरीले जानकारी दिनुभयो ।

कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणमा मद्यत पुगोस् भन्ने उद्येश्यले सहयोग गरिएको पनि चौधरीले स्पष्ट पार्नुभयो ।

सोलार प्यानल, सोलार टुवलर व्याट्री, बल्यांकेट, झुल, टावेल, वाटर फिल्टर, मन्जन, ब्रस, सेनीटाइजरी प्याड, साबुन लगायतका १५ प्रकारका सामाग्री प्रदान गरिएको हो ।

सामाग्री ग्रहण गर्दै राप्ती सोनारी गाउँपालिकाका प्रमुख चौधरीले सामाग्री सहयोगले कोरोना संक्रमण विरुद्ध लाग्न थप सहज र हौसला प्रदान गरेको भन्दै संस्थाप्रति कृतज्ञता प्रकट गर्नु भयो ।

Previous articleएकै घरका दुई जना फर्कंदै, दश आइशोलेशन सेन्टर बन्द
Next articleबाँकेको खजुराका तीनसहित छ जनामा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here